१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यानडा र आयरल्यान्ड भिड्दै, दुबैलाई जित्नै पर्ने दबाब

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज समूह ‘ए’ मा रहेको क्यानडा र आयरल्यान्डबीच खेल हुँदैछ।

न्यूयोर्कस्थित नसाउ काउन्टि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा हुने यी दुई टोलीबीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।

हालसम्म दुबै टोलीले समान १/१ खेल खेलेको र दुबै टोली पराजित भएको छ।

क्यानडा आफ्नो पहिलो खेलमा अमेरिकासँग ७ विकेटले पराजित भएको थियो भने आयरल्यान्ड आफ्नो पहिलो खेलमा भारतसँग ८ विकेटले पराजित भएको थियो।

दुबै टोलीलाई प्रतियोगितामा अघि बढ्न आजको खेल जित्नै पर्ने दबाब रहने छ।

प्रकाशित: २५ जेष्ठ २०८१ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App