२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रिभानलाई खुला टेबलटेनिसमा स्वर्ण

रिभान वज्राचार्यले शनिबार मैत्रीपूर्ण खुला टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।

वज्राचार्यले गडस्पिन टेबल टेनिस एकेडेमीले नयाँ वर्षको उपलक्ष्यमा सम्पन्न प्रतियोगिताको मिक्स यु-१६ मा स्वर्ण जितेका हुन्। यसै विधामा निर्भाना वज्राचार्यले रजत, नेहा श्रेष्ठ र इसान्भी महर्जन कांस्य पदक जिते। प्रतियोगितामा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो। पुरुष ४० वर्षमाथि भेट्रानमा निम जोशीले स्वर्ण, जेविन्द्र वज्राचार्यले रजत तथा सुरज वज्राचार्य र राजेन्द्र श्रेष्ठले कांस्य जिते।

ललितपुरको गाहबालस्थित आयोजककै हलमा भएको प्रतियोगिताको पुरुष ५० वर्षमाथि भेट्रानमा नदिमरत्न शाक्य प्रथम, रोशन शाक्य द्वितीय तथा सागर अमात्य र प्रकाश धाख्वा तृतीय भए।

पुरुष खुलामा सुमन शाक्य पहिलो, रजेन्द्र श्रेष्ठ दोस्रो तथा चन्दन चौधरी र निकेनमान प्रधान तेस्रो बने। विजेतालाई टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली र आयोजक गडस्पिनका अध्यक्ष रोशनकुमार शाक्यले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: २ वैशाख २०८१ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App