१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक

क्याप्शन

भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको गुजरातसँगको खेलमा नेपालका दुवै ओपनरले अर्धशतक बनाएका छन्।

टस हारेर पहिला ब्याटिङ्ग निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले ४४ बलमा ६७ रन बनाएर आउट भए। यस्तै आसिफले ७० रन बनाइसकेका छन्।

नेपालले १४ ओभरमा पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरेको थियो। क्रिजमा कप्तान रोहित पौडेल र आसिश शेख छन्। हाल १५.५ ओभरमा खेल चलिरहँदा नेपाल एक विकेटको क्षतिमा १४८ रन बनाएर खेलिरहेको छ।

यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक गुजरातलाई ८ विकेटले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो

प्रकाशित: २१ चैत्र २०८० १५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App