८ असार २०८१ शनिबार
image/svg+xml
खेल

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता :उमेश र सोमालाई स्वर्ण

उमेश धिताल र सोमा गुरुङले जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको खुला सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा उमेश र महिलामा सोमा पहिलो भएका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टक्कर कुँवर दोश्रो तथा दिनेश केसी र रेवती कार्की तेश्रो भए । महिलामा पूजा राई दोश्रो तथा भावना राई र शर्मिला केसी तेश्रो बने।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान पुरुष ४५ वर्षमाथि सिंगल्समा रामसिंह तामाङले स्वर्ण, लेखनाथ पराजुलीले रजत तथा प्रजापति दाहाल र रामविनय श्रेष्ठले कांस्य जिते।
पुरुष डबल्समा उमेश धिताल÷दिनेश केसीको जोडी प्रथम, शोभाकर भण्डारी÷चन्द्रबहादुर पाण्डेको जोडी द्वितीय तथा टक्कर कुँवर÷बसन्त थापा र राजेश तुम्सिङ मगर÷श्याम थापाको जोडी तृतीय भए।
मिक्स डबल्समा उमेश धिताल÷शर्मिला केसीको जोडी पहिलो, दिनेश केसी÷पूजा राईको जोडी दोश्रो तथा केवल बानियाँ÷सोमा गुरुङ र दीपबहादुर सिंह÷रेखा अधिकारीको जोडी तेश्रो सथानमा रहे।सबै पाँच स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ४ का दरले नगद पुरस्कार प्राप्त गरे।
विजेतालाई नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्र कुँवर, आयोजक नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा ७६ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक प्रजापति दाहालले जनाएका छन्।

प्रकाशित: २८ पुस २०८० १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App