१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ्ग शिल्ड आदर्श मावि सानो ठिमीले जित्यो

मध्यपुर थिमि नगरपालिकामा भएको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता २०८० को उपाधि आदर्श मावि सानो ठिमी भक्तपुरको पोल्टामा परेको छ। आज आइतबार सम्पूर्ण खेलहरू समाप्ति भएसँग सबैभन्दा बढी अंक ल्याउँदै आदर्श मावि सानो ठिमी भक्तपुरले शिल्ड माथि कब्जा जमाएको हो।सर्वोत्कृष्ट विद्यालयलाई आयोजक मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले भव्य शिल्ड तथा प्रमाणपत्र वितरण गरे।

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ६ विधा समावेश भएको थियो । प्रतियोगिता अन्तर्गत भलिबल, कवर्डी, मार्सल आर्ट, दौड, रिले, उफ्राइ र फ्याक्ने गरी ६ विधामा भएको थियो । यी ६ विधामा ५६ वटा इभेन्टसहरु समावेश थिए।यी सबै इभेन्टसहरु मध्येबाट सबैभन्दा बढी जित हासिल गर्दै आदर्श मावि सानो ठिमी भक्तपुरले शिल्ड पाउन सफल भएको हो।

प्रतियोगिता अन्तर्गतका भलिबल खेल बोडे मावि बोडेमा, कवड्डी आदर्श मावि सानो ठिमीमा, एथलेटिक्स मध्यपुर यूथ एसोसिएसनको खेल मैदान सानो ठिमीमा र मार्सल आर्ट्स आदर्श मावि लायकुमा भएका थिए।

मध्यपुर नगरभित्र रहेका ६० सामुदायिक र १९ निजी गरी कुल ७९ वटा विद्यालयको रहेको थियो।तीमध्ये नगरपालिकाको नीति नियम पालना नगरी सञ्चालन भएका विद्यालयहरूलाई  प्रतियोगितामा सहभागी हुनबाट वञ्चित गरिएको थियो।

प्रकाशित: ८ पुस २०८० १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App