एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।
दुबइमा आज सम्पन्न खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले पराजित गरेको हो ।यस नेपालले टस जितेर अफगानिस्तानलाई पहिला ब्याटिङ गर्न लगाएपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ४९ दशमलब ३ ओभरमा २६१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
जवाफमा जितका लागि २६२ रन पछ्याएको नेपालले ४० दशमलब १ ओभरमा १८८ रन बनाउँदा सबै विकेट गुमायो र खेल ७३ रनले हार्न पुग्यो।
नेपालका लागि सबैभन्दा वढि सुरुवाती व्याटर अर्जुन कुमालले १०८ बलको सामना गरी १४ चौकासहित ९१ रन बनाए । त्यसैगरी कप्तान देव खनालले २४ , गुल्सन झाले १७ , दिपक बोहराले १५ तथा दिपेश कँडेलले ११ रन बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।अफगानिस्तानका लागि नसीर खान र फरीदोन दाओजाईले तीन तीन विकेट लिए।
यस अघि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ४९ दशमलब ३ ओभरमा २६१ रन बनाउँदा सबै विकेट गुमाएको थियो अफगानिस्तानका लागि सबै भन्दा वढि जमसीद जरदान १०६ रन बनाएर रिटायर्ड आउट भए।त्यसैगरी नुमान शाहले ६० रन तथा रहिमुल्लान रमतीले ३५ रन बनाए।नेपालका लागि हेमन्त धामी,गुल्सन झा र सुभाष भण्डारीले दुई दुई विकेट तथा आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिए।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने अफगानिस्तान भारतसँग पराजित भएको थियो।
प्रकाशित: २४ मंसिर २०८० १३:०२ आइतबार





