२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हिमरश्मिलाई दोहोरो सफलता

हिमरश्मिले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा सोमबार दोहोरो सफलता पाएको छ।

हिमरश्मि गर्ल्स र जुनियर ब्वाइजमा जित हात पार्न सफल भयो। मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भइरहेको प्रतियोगिताको गर्ल्समा हिमरश्मिले प्रारम्भ वर्ल्डलाई १८–१२ ले पराजित गर्‍यो।

हिमरश्मिकी खुसी चौधरीले ७ स्कोर गरिन्। जुनियर ब्वाइजमा हिमरश्मिले मानसिंहलाई १५–४ ले हरायो। हिमरश्मिका भिजन खत्रीले ४ अंक जोडे।

गर्ल्समै पद्मचक्रले एन्जल्स हार्टलाई २२–१५, न्यु इराले स्प्रिङ भ्यालीलाई २१–१२ र एन्जल्स हार्टले रोजमेरीलाई २५–१६ ले हराए।पद्मचक्रकी श्रद्धा फुयालले ८, न्यु इराकी नर्गिमा तामाङले ९ र एन्जल्सकी अन्शु शर्माले १० अंक जोडे।

जुनियर ब्वाइजमा मानसिंहले रोजमेरीलाई १६–१२, एलएनएले हिमरश्मिलाई ३२–१८, एन्जल्सले रोजमेरीलाई ३२–१८ र पद्मचक्रले मेघा पब्लिकलाई १४–८ ले पन्छाए। मानसिंहका दावा भोटेले ७, एलएनएका सर्गम गुरुङले १०, एन्जल्सका रूपेश पौडेलले १२ र पद्मचक्रका सुहान केसीले ५ अंक बटुले।

प्रकाशित: १९ मंसिर २०८० ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App