८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

पर्यटन प्रवर्द्धनका लागि हेटौंडामा कोरा साइक्लिङ

हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार हेटौंडा कोरा साइक्लिङ भएको छ।

हेटौंडाको विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पहिचान गराउने उद्देश्यसहित हेटौंडा राइडर्स क्लबले कोरा साइक्लिङको आयोजना गरेको हो।

कोरामा करिब दुई सय जना साइकल चालकहरुको सहभागिता रहेको थियो। हेटौंडाको हुप्रचौरबाट सुरु भएको साइकल र्‍याली विभिन्न शक्तिपिठहरुको परिक्रमा गर्दै १४, १३, १२ र ११ नम्बर वडा हुँदै हेटौंडाको बुद्धचोकमा पुगेर समापन भएको थियो।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले रिबन काटेर कोराको उद्घाटन गरेका हुन्। र्‍यालीका सहभागीलाई हेटौंडा १३ नम्बर वडा कार्यालयले खानाको व्यवस्था गरेको थियो।

‘साइकलको माध्यमद्वारा हेटौंडाको धार्मिक, तीर्थस्थल तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने उद्देश्यले प्रत्येक वर्ष हेटौंडा कोरा साइक्लिङलाई निरन्तरता दिँदै आएका हौं’, हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारले भने, ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जानेछौँ।’

सहभागीहरूले साइकलमा करिब ५० किलोमिटरको यात्रा गरेका हुन्। कार्यक्रमका लागि करिब ३ लाख ७० हजार रुपैयाँ खर्च भएको आयोजकको अनुमान छ।

हेटौंडा कोराका लागि जाइन्ट साइकलले मुख्य प्रायोजन गरेको थियो भने निको अस्पताल प्रा.लि सह प्रायोजक रहेको थियो।

हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडा कार्यालयले पनि सहयोग गरेको आयोजकले जानकारी दिएको छ। हेटौंडा राइडर्स क्लबले विगत ६ वर्षदेखि कोरा साइक्लिङ गर्दै आएको छ। नेपालभर प्रत्येक वर्ष जुलाई १५ का दिन कोरा साइकल र्‍याली आयोजना गर्ने गरिएको छ।

प्रकाशित: ३० असार २०८० १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App