१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इटहरी गोल्डकप: मछिन्द्र क्लब सेमिफाइनलमा

मछिन्द्र क्लब काठमाडौँ इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

इटहरी रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र क्लबले पाहुना टोली कञ्चनजङ्गा फुटबल क्लब भारतलाई ५–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो।

मछिन्द्रका लागि टिम क्याप्टेन आफिज ओलाओले एक्लै ४ गोल गरे भने अर्को एक गोल विजय भुजेलले गरे। कञ्चनजङ्गाका लागि अनिष राईले २ गोल गरे। खेलको म्यान अफ दि म्याच मछिन्द्रका आफिज नै भए। उनले नगद दस हजार प्राप्त गरे।

उनलाई इटहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष विष्णु डाँगी र सचिव सिनेट रिजालले नगद पुरस्कार प्रदान गरे।

सोमबार सेमिफाइनलमा प्रवेश गरेको मछिन्द्रले अब मंगलबार रोलिङ् फुटबल क्लब र त्रिभुवन आर्मी क्लब काठमाडौँबिचको विजेतासँग दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा हुनेछ।

इटहरी रंगशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उप-विजेता टिमलाई नगद ५ लाख रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: ६ चैत्र २०७९ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App