९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

केपी ओली कप फागुन ११ बाट

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन्। 

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार पत्रकार सम्मेलन गरेको फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका हुन्। प्रतियोगितामा ‘ए’ डिभिजन लिगका क्लब सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेसम्म टोली दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। एन्फाको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ। यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेल हुनेछन्।

सात दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदीयमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्नेछन्। यसै गरी प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयर अफ दी म्याच’ लाई १५ हजार रूपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। युवा संघका अध्यक्ष किरण पौडलले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने बताए।

प्रकाशित: १४ माघ २०७९ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App