२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

ट्याङ्करको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ। 

मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा ट्याङ्करले ठक्कर दिँदा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारका क्रममा बुधबार मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए। 

मूलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा ३ ख ३९५४ नम्बरको ट्याङ्करले ठक्कर दिँदा रोशना घाइते भएकी थिइन्।

दुवाल बागमती प्रदेश–०२–०४३ प २७२६  नम्बरको स्कुटरमा पछाडि सवार थिइन्। करिब २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मूलपानीतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ।

ट्याङ्कर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाविर तामाङलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए।  

प्रकाशित: २८ माघ २०८२ १५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App