२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

यी हुन् रास्वपाले अग्रता लिएका सात सिट

निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार विभिन्न निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो अग्रता लिएको छ। काठमाडौंका विभिन्न क्षेत्र र बाँकेमा घण्टी चिह्न भएका उम्मेदवारहरू अगाडि देखिएका छन् भने नेकपा (एमाले) र उज्यालो नेपाल पार्टीले पनि केही स्थानमा अग्रता कायम गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता:
काठमाडौं ८: विराज भक्त श्रेष्ठ तीन हजार २९० मतका साथ अग्रस्थानमा छन्।
काठमाडौं १: रन्जु न्यौपाने एक हजार ३२७ मतसहित अगाडि छिन्।
काठमाडौं १०: प्रदिप विष्ट एक हजार २४६ मतका साथ अगाडि छन्।
काठमाडौं ४: पुकार बम ८६२ मतसहित प्रतिस्पर्धामा छन्।
काठमाडौं ७: गणेश पराजुली ७२१ मतका साथ अगाडि छन्।
बाँके १: सुरेश कुमार चौधरी ९७४ मतसहित अग्रतामा छन्।
कञ्चनपुर २: दिपक राज बोहराले पनि ६३२ मतसहित अग्रता लिएका छन्।

अन्य दलको कुरा गर्दा नेकपा (एमाले) बाट भक्तपुर २ मा महेश बस्नेत २४२ मत र बाँके २ मा मोहम्मद इश्तियाक राई ६८५ मतका साथ अगाडि छन्। यस्तै, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमाडौं ३ मा एक हजार ४१ मतका साथ अग्रतामा छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App