२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

काठमाडौं–८ मा विराजभक्तको ‘स्विप’, ३ हजार मत कट्दा कांग्रेस-एमाले ३ सयमै सीमित

काठमाडौं क्षेत्र नम्बर-८ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले एकतर्फी अग्रता कायम राखेका छन्।

सार्वजनिक भएको ताजा मत परिणाम अनुसार श्रेष्ठले ३ हजार २ सय ९० मत प्राप्त गरेका छन्। यो मत निकटतम प्रतिस्पर्धीको तुलनामा झन्डै १० गुणा बढी हो।

पुराना र ठूला दल मानिने कांग्रेस तथा एमालेका उम्मेदवार भने प्रतिस्पर्धामा निकै पछाडि परेका छन्। नेपाली कांग्रेसकी सपना राजभण्डारी ३ सय ४८ मतमा सीमित हुँदा नेकपा एमालेका राजेश शाक्यले २ सय ३१ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमीले १ सय ५४ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App