२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौं-५ मा सस्मितको फराकिलो अग्रता

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ठुलो अन्तरले अग्रता लिएको छ। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार घण्टी चिह्न भएका सस्मित पोखरेल प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका छन्।

मतदानको ताजा अवस्था:
सस्मित पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी): १४२४ मत
प्रदीप पौडेल (नेपाली कांग्रेस): ४१२ मत
ईश्वर पोखरेल (नेकपा एमाले): २८५ मत

सस्मितले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप र नेकपा एमालेका ईश्वरलाई निकै पछाडि पारेका छन्। अहिलेको प्रारम्भिक रुझान हेर्दा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको पकड बलियो देखिएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App