२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

जङ्गली हात्ती मृत फेला

फाइल तस्बिर

झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ। आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन्।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए। घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए। 'हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,' उनले भने, 'बिहान त एउटा हात्ती मरेको खबर आयो।'

के कारणले हात्ती मर्यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ। रासस

प्रकाशित: ४ आश्विन २०८२ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App