आज देशका सबै भुभागमा मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी सबै भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।
पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सफा रहनेछ।
आज राति देशभरको मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ। मौसम सफा रहने भएकाले वायुमण्डलमा चिसोपना बढ्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित: १० मंसिर २०८२ ०६:४८ बुधबार





