६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा सिट बाँडफाँटः संख्यामा सहमति, क्लस्टर विभाजनमा जटिलता

राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दलहरूबिच तालमेल हुने पक्कापक्की भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच राष्ट्रिय सभामा सहकार्य गरेर जाने पक्का भएको हो।

कांग्रेस नेता रमेश लेखकले सिट संख्याको विषय लगभग टुंगिएको जानकारी दिए। ‘कांग्रेस र एमालेले ७–७ सिट लिने कुरा भएको छ। नेकपालाई तीन र जसपा नेपालले एक सिट पाउने कुरा हो,’ उनले भने, ‘नेकपाका साथीहरू चार चाहिन्छ भनिराख्नुभएको छ। सम्भवतः यसैमा कुरा मिल्छ।’  

सिटको संख्या टुंगिए पनि कुन पार्टीले कुन क्लस्टरको सिट लिने भन्ने विषयमा भने अलि कठिनाइ देखिएको लेखकले जानकारी दिए। कांग्रेसले सातवटै प्रदेशमा एक÷एक सिट भनेको छ।  

माघ ११ गते १८ सिटका लागि राष्ट्रिय सभामा निर्वाचन हुँदैछ। जसका लागि बुधबार मनोनयन दर्ताको कार्य तालिका रहेकाले दलहरू आजै सिट बाँडफाँड गरेर जानेमा जुटेका छन्।  

प्रकाशित: २२ पुस २०८२ १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App