२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ।

तनहुँ क्षेत्र नम्बर-१ र २ को क्षेत्रीय कमिटीको बैठकले १९ जना उम्मेदवार सिफारिस गरेको हो।

नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कँडेलले क्षेत्र नम्बर-१ मा आठ र क्षेत्र नम्बर-२ मा ११ जना उम्मेदवार सिफारिस भएको जानकारी दिए।

क्षेत्र नम्बर-१ मा भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, पूर्णबहादुर गुरुङ, अनिल पाण्डे, प्रेमबहादुर राना, रामबहादुर गुरुङ, शोभा गुरुङ र मोहन सुनार सिफारिस भएका छन्।

क्षेत्र नम्बर-२ मा केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्ना देवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र तथा नरेन्द्र वाग्लेलाई सिफारिस गरिएको छ।

प्रकाशित: २२ पुस २०८२ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App