२४ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

राजनीतिबाट पुनः चलचित्रमा फर्किन् कंगना

बलिउड अभिनेत्री कंगना रनोट चलचित्र क्षेत्रमा फर्किएकी छन् । भारतको लोकसभा चुनावमा विजयी भएपछि उनी चलचित्रबाट टाढा रहने अनुमान गरिएको थियो, तर उनी एक वर्षपछि सुटिङ स्थलमा देखिएकी छन् ।  

निर्वाचनमा विजयी भएपछि चलचित्रमा नफर्कने घोषणा गरेकी कंगनाले आफ्नो वाचा तोड्दै चलचित्रमा फर्कने घोषणा गरेकी थिइन् ।  

सोमबार उनले अगामी चलचित्र ‘भारत भाग्य विधाता’ को छायांकन सुरु गरेकी छन्।

अभिनेत्रीले छायांकन क्षेत्रबाटै एक भिडियो सार्वजनिक गर्दै, लेखेकी छन्,  ‘मणिकर्णिका फिल्म्सको सेटमा आएर राम्रो लागिरहेको छ ।’

उक्त चलचित्रको घोषणा २०२४ मै भएको थियो। उक्त चलचित्रको मुख्य भूमिकामा कंगना रहेकी छन् ।  

कंगनाको अन्तिम चलचित्र ‘इमरजेंसी’ हो। जुन २०२५ जनवरीमा प्रदर्शनमा आयो। तर चलचित्र नराम्रोसँग फ्लप रह्यो।

प्रकाशित: २२ पुस २०८२ १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App