नेपाल प्रहरीले चुनाव बिथोल्ने गरी भ्रामक अफवाह नफैलाउन सबैलाई सचेत गराएको छ।
विभिन्न सामाजिक सञ्जालमा पुराना भिडियो सामग्री र सुरक्षा अभ्यासका भिडियोलाई तोडमोड गरी मतदान बिथोल्ने प्रयास भन्दै खबर सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसो नगर्न सबैलाई सचेत गराएको हो।
यस्ता भ्रामक अफवाह फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको र कानुन बमोजिम कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ। प्रहरीले कुनै पनि फोटो भिडियो सेयर, लाइक र कमेन्ट गर्नुभन्दा अगाडि बुझेर माग गर्न पनि अनुरोध गरेको छ।
निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न गर्न सहयोग गर्न पनि नेपाल प्रहरीले अपिल गरेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:३३ बिहीबार





