अर्घाखाँचीमा कुल मतदाताको आधापनि मत खस्न सकेन। जिल्लाभर ४९.५१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
जम्मा १ लाख ७१ हजार ६५२ मतदाता रहेको अर्घाखाँचीमा जम्मा ८५ हजार मत खसेको प्रमुख निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारि दिए।
मतपेटिका आज राति १२ बजेसम्म आइपुग्ने उनले बताए। दलको समन्वयमा मतगणना गर्ने तयारि भएको उनले बताए।
प्रकाशित: २१ फाल्गुन २०८२ १७:५९ बिहीबार





