२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ। परिषदमा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताएका हुन्।

दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसनिम्ति हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत थापाले व्यक्त गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।  

'बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन घटाउने  जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा जोड दिनेछु,' उनले भने।

आगामी वर्षको लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनियाादको उपाध्यक्षमा निर्वाचित भएका छन्।रासस  

प्रकाशित: १६ श्रावण २०८२ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App