१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

रिसोर्टमा खाना खाएपछि एकैपटक सय भन्दा बढी बिरामी

प्रहरी उपरीक्षक, पत्रकार व्यापारीलगायत सिकिस्त

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरिया स्थित मायादेबी रिसाेर्टमा दूषित खाना खाएपछि एकै पटक सय जना बढी झाडा पखाला लागेको छ।

गत मंगलबार रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले राखेको कार्यक्रममा सहभागी भई खाजा खाना खाएका सबै झाडापखाला र बान्ताबाट सिकिस्त बनेका हुन्।

गुणस्तरहीन खाजा खुवाई पछि सबै सहभागी बिरामी परेको कार्यक्रममा सहभागीहरूले बताए। कार्यक्रममा खाजा खाएका प्रहरी उपरीक्षक मनोहर भट्ट सहित आधा दर्जन सुरक्षाकर्मी समेत झाडापखालाले सिकिस्त बनेका थिए।

प्रहरी उपरीक्षक भट्टले मायादेबी रिसोर्टमा खाजा खाए पछि २ दिन सम्म झाडापखालाको बिरामी परेको बताए। बिहीबार साँझ देखि मात्र केही आराम मिलेको बताए। 

प्रकाशित: १५ श्रावण २०८३ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App