मध्यपुर्वमा द्वन्द्वका कारण दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसदलाई जानकारी दिएको छ।
मध्यपुर्वमा जारी द्वन्द्वको बीचमा नागरिकहरूको सुरक्षा र स्थिति, हताहत, क्षतिपूर्ति र कूटनीतिक कार्यहरूको बारेमा राज्य सभामा सोधिएका प्रश्नको जवाफ दिँदै विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले ओमानमा आठ जना, युएईमा चार, कुवेतमा दुई साउदी अरब र इराकमा एक–एक जनाको मृत्यु भएको जानकारी दिए।
यसको साथै उनले ७५ जना भारतीयहरू घाइते भएको बताए। जसमा संयुक्त अरब इमिरेट्समा ३२, ओमानमा २४, कुवेतमा १३, कतारमा ४, साउदी अरबमा १ र इजरायलमा १ जना रहेको जनाएको छ।
कतारको रास लाफान ग्यास सुविधामा धएको एक दुर्घटनामा १२ जना भारतीय नागरिकको ज्यान गएको र तेहरानमा रहेको भारतीय दूतावासले इरानबाट आर्मेनिया र अजरबैजानका लागि दुई हजार ५५७ जना भारतीय नागरिकहरूको सीमापार आवागमनलाई सहज बनाएको पनि उनले स्पष्ट पारे।
उद्धार कार्य र सहयोगलाई सम्बोधन गर्दै सरकारले प्रभावित परिवारलाई निरन्तर सहयोग गरेको बताएको छ। घाइते भारतीय नागरिकहरूले स्थानीय अस्पतालहरूमा चिकित्सा उपचार प्राप्त गरको पनि जनाइएको छ।
भारतीय दूतावास र वाणिज्य दूतावासहरूले स्वास्थ्य अवस्थाको नियमित अपडेटका लागि स्थानीय अधिकारीहरू र अस्पतालहरूसँग समन्वय गरेर परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने, उपलब्ध यात्रा विकल्पहरूमा मार्गदर्शन र उनीहरू सुरक्षित भारत फर्कने आदि जस्ता सबै आवश्यक सहयोग प्रदान गरेको उनले बताए।
आर्थिक क्षतिपूर्तिको विवरणमा उनले नाविकहरू संलग्न युद्ध क्षेत्रका घटनाहरूका लागि डीजीएमए कल्याण योजना (नाविक कल्याण कोष सोसाइटी–एसडब्लुएफएस) अन्तर्गत १० लाखको क्षतिपूर्ति प्रदान गरिएको उल्लेख गरे।
सरकारले उचित प्रमाणिकरण पछि सहयोग रकम मृतकका आफन्तहरूलाई जति सक्दो छिटो वितरण गरिने जनाएको छ।
अतिरिक्त क्षतिपूर्ति प्रावधानहरू सामूहिक मोलतोल सम्झौता अन्तर्गत लागू हुने जनाइएको छ। जसमा भारतीय समुद्री संघ मार्फत अधिकारीहरूका लागि रु १२ लाख र भारतीय समुद्री नाविकहरूको राष्ट्रिय संघ मार्फत चालक दलका लागि रु १० लाख समावेश छ।एएनआई
प्रकाशित: १५ श्रावण २०८३ १३:५९ शुक्रबार



-600x400.jpg)

