चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४५/५० वर्षीय पुरुषको केही अङ्ग नभएको शव त्रिशूली नदीको किनारामा भेटिएको हो। फेला परेका शवको भने पहिचान हुन सकेको छैन ।
शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।
प्रकाशित: २६ असार २०८२ १४:३८ बिहीबार





