उदयपुरमा भरुवा बन्दुक पड्केर छर्रा लाग्दा एक जना घाइते भएका छन्। जिल्लाको बेलका नगरपालिका-६ बबलास्थित बगुवा बस्तीमा पड्केको भरुवा बन्दुकको गोली लागेर ३० वर्षीय सुमन राई घाइते भएका हुन्।
राईले बोकिरहेको बन्दुक अचानक पड्कँदा छर्रा पेटमा लागेर आफैँ घाइते भएको प्रहरीले जनाएको छ। स्थानीयले उद्धार गरी घाइतेलाई उपचारार्थ बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयबाट खटेको निरीक्षक कमाण्डको टोली घटनास्थल पुगेर बन्दुक बरामद गरी घटनाबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जिवी थापाले बताए।
प्रकाशित: १५ वैशाख २०८३ १४:४१ मंगलबार





