जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेसँगै रौतहट जिल्ला अदालतले आफ्ना सम्पूर्ण सेवाहरू स्थगित गरेको छ।
जिल्ला प्रशासन कार्यालयको शनिबारको निर्णयअनुसार अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिका क्षेत्रभित्र हिँडडुल गर्न, भेला हुन, सभा-जुलुस तथा प्रदर्शन गर्न रोक लगाउँदै कर्फ्यू आदेश जारी गरिएको हो।
स्थानीय प्रशासनको उक्त कदमपछि अदालतले आइतबार एक सूचना जारी गर्दै सेवा प्रवाहमा अवरोध पुगेको जानकारी दिएको छ।

प्रकाशित: १० फाल्गुन २०८२ १३:३८ आइतबार





