२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

रुकुमपूर्वमा ४९८० मत गन्दा प्रचण्डले ल्याए २९८९ मत

रुकुमपूर्वमा ४९८० मत गन्दा नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' अग्र स्थानमा छन्।

प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार बिहान ६ बजेबाट मतगणना सुरु भएको हो।

प्रचण्डले २९८९ मत ल्याउँदै गर्दा कांग्रेसका कुशुम थापाले ९१६ मत ल्याएकी छिन्। त्यस्तै एमालेका लिलामणि गौतमले ५९२ मत ल्याएका छन्। प्रगतिशील लोकतान्त्रिकका संदिप पुनले ५८ मत ल्याएका छन् भने रास्वपाका लखन कुमार थापाले २८९ मत ल्याएका छन्।

प्रमुख जिल्ला अधिकारी परियारका अनुसार आज बेलुका सम्म यहाँको नतिजन प्रकाशन गरिने छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App