काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ५९१ मत प्राप्त गरेकी छन्।
यो सँगै उनी फराकिलो मतसहित जित उन्मुख रहेकी छिन्।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन्।
हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:०९ शुक्रबार




-600x400.jpg)
