चितवन–२ मा रास्वपाका सभापति रवि लामिछानेको अग्रता कायमै रहेको छ। हालसम्मको मतपरिणाम अनुसार लामिछानेले ३ हजार ९६३ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याँइरहेकी नेपाली कांग्रेसकी मिनाकुमारी खरेलले १ हजार ७५० मत पाएकी छिन्। लामिछाने र खरेलबिच २ हजार २१३ मतको अन्तर रहेको छ।
यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १ हजार ९४७ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रताव गुरुङले १ हजार ४५४ मत पाएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:१२ शुक्रबार





