नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूले सकेको राम्रो गर्ने बताएका छन्। बिहीबार दर्ज्यानी चिह्न लगाएसँगै आफूले सकेको राम्रो गर्ने बताएका हुन्।
“सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन”, उनले भने, “सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु ।”
अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै नवनियुक्त महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तरराष्ट्रियस्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए।
तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताए।
प्रकाशित: १९ भाद्र २०८२ १३:३१ बिहीबार





