पर्वत, पाल्पा, गुल्मी, कपिलवस्तु, रुपन्देहीलगायत क्षेत्रमा भारी वर्षा हुँदा साना खोलामा बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ९:२५ बजेसम्म पछिल्लो एकदेखि तीन घण्टामा ती जिल्लाका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। अझै थप वर्षा हुने सम्भावना रहेकाले खोलामा पानीको बहाव अचानक बढ्न सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले बढीगाड, बनारावालगायत ती क्षेत्र भएर बग्ने अन्य साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले बाढीको जोखिम रहेको बताएको छ।
जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित: १३ भाद्र २०८३ १०:१६ शनिबार



-600x400.jpg)

-600x400.jpg)