१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका सन्ततिलाई स्नातकोत्तर तहसम्मको शिक्षा निःशुल्क

नेपाल प्रहरीले कर्तव्यपालनाको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीको सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ।

नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

उनीहरूलाई आवश्यकताअनुसारका सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने बैठकको निर्णय छ।

जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीको त्याग र समर्पणको उच्च मूल्याङ्कन गर्दै सो कदम चालिएको प्रवक्ता काफ्लेले जानकारी दिए। 

प्रकाशित: १३ आश्विन २०८३ १७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App