१८ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

इटहरीमा ‘मोती मुक्तक मिलन’

नेपाली साहित्यका अग्रणी व्यक्तित्व मोतीराम भट्टको १६१औँ जन्मजयन्तीको सन्दर्भमा आइतबार ‘मोती मुक्तक मिलन’ कार्यक्रम भएको छ।

राष्ट्रिय विभूति भट्टको जन्मजयन्तीको अवसरमा १९ जनाले मुक्तक वाचन गरे। सगरमाथा साहित्य प्रतिष्ठान कोशीको आयोजनामा भएको कार्यक्रममा अच्युत भट्टराई, अविराम क्रान्ति, एकराज भट्टराई, कविता केशरी, किरण टी लिम्बू, नवराज नवशिला, परिक्रमा श्रेष्ठ, भरत बर्बरिक र मदन भण्डारीले मुक्तक वाचन गरे।

यस्तै, सो कार्यक्रममा मुना आत्रेय, युवराज ठकुरी, राज आशातीत, राधा भट्टराई, राधा सुवेदी, रोमू अधिकारी, विनोदविवश घिमिरे, सवी मेवाहाङ, सुविद गुरागाईं र हरि कट्टेलले मुक्तक प्रस्तुत गरे।

कार्यक्रम आयोजक संस्थाकी मिश्रामाया गुरुङको अध्यक्षता तथा साहित्यकार विवश पोखरेलको प्रमुख आतिथ्य र बाबुराम पोखरेलको विशिष्ट आतिथ्यमा भएको हो।

कार्यक्रमको सहजीकरण अभिमन्यु अभिजितले गरेका थिए। कार्यक्रममा जीपी तिवारीले स्वागत तथा विषय प्रवेश गराएका थिए। सो अवसरमा मोतीराम भट्टका बारेमा नीरज कोइरालाले टिप्पणी गरेका थिए।

मोतीराम भट्ट नेपाली साहित्यमा विशेषतः गजल र शृङ्गारिक काव्य परम्पराको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका साहित्यकारका रूपमा स्मरण गरिन्छन्। उनको जन्मजयन्तीका अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्दा नयाँ पुस्तालाई नेपाली साहित्यको इतिहास र सिर्जनासँग जोड्न सकिने उद्देश्य आयोजकको रहेको थियो।

प्रकाशित: १८ आश्विन २०८३ १९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App