२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई आज कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिए।

हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उनले बताए।

उनका अनुसार मङ्गलबार राति नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको छ।

उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए।

नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचनविरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ।

प्रकाशित: ६ फाल्गुन २०८२ २०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App