२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

कालोपुलबाट चार जना क्रिप्टो कारोबारी पक्राउ

प्रहरीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) को कारोबार गरेको आरोपमा चार जना पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।  

उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको हो ।  उनीहरूबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ  ।

प्रकाशित: ३० श्रावण २०८२ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App