उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागको महानिर्देशक फेरिएका छन्।
मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई उद्योगमा लगेको छ भने विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालयमा तानेको छ। ज्ञवाली विगत १४ महिनादेखि उक्त विभागको महानिर्देशक पदमा कार्यरत थिए।
बस्नेत २०८० असारदेखि २०८१ भदौ महिनासम्म काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत थिए। उद्योग विभागमा महानिर्देशक भई नियुक्त हुनुअघि उनी उद्योग मन्त्रालयमा थिए।
बस्नेतले उद्योग विभागमा कार्यभारसमेत सम्हालिसकेका छन्।
प्रकाशित: २२ पुस २०८२ १०:४७ मंगलबार





