सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एक अर्ब रुपैयाँको बन्दमुखी योजना खुला भएको छ।
चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ को एकाइ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई योजनाको सार्वजनिक निष्कासन तथा बिक्री पुस ४ गतेदेखि पुस १८ गतेसम्म खुल्ला गरिएको बैंकले जनाएको छ।
बैंकको प्रारम्भिक विवरण अनुसार सो अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूबाट एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी अर्थात् माग गरेभन्दा २५ प्रतिशत बढी रकमका लागि आवेदन पर्न गएको छ।
साथै सिटिजन्स क्यापिटल लिमिटेडबाट सञ्चालन हुने यो योजनामा बढी आवेदन प्राप्त भएका म्युचुअल फन्डमध्ये एक हुन सफल भएको छ ।
प्रकाशित: २२ पुस २०८२ ११:०५ मंगलबार





