३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

काठमाडौं महानगरको बजेटमाथि छलफल जारी

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ।

राष्ट्रिय सभागृहमा जारी नगरसभाको १७ औँ अधिवेशनमा बजेटका विभिन्न शीर्षकमाथि छलफल भइरहेको हो।

बैठकको प्रारम्भमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बजेटमाथि धारणा राख्न चाहने नगरसभा सदस्यहरूलाई नाम टिपाउन आग्रह गरेका थिए।

सदस्यहरूले बजेटमा समावेश भएका योजना तथा विनियोजित रकमका विषयमा आ-आफ्नो धारणा राखिरहेका छन्।

महानगरले गत असार २९ गते नगरसभामा बजेट प्रस्तुत गरेको थियो। स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुसार महानगरले आजै बजेट पारित गर्ने तयारी गरेको छ।

छलफल सकिएपछि बजेटलाई पारित गर्ने कार्यसूची रहेको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: ३२ असार २०८२ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App