३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

म तलब खादिनँ, गाडी पनि चढ्दिनँ : सुधन गुरुङ

रास्वपा सांसद सुधन गुरुङले आफूले सांसद भएवापत पाउने तलब नखाने बताएका छन्।

रास्वपाले आजदेखि सुरु गरेको सांसदहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले यस्तो दाबी गरेका हुन्। साथै उनले आफूले सरकारी गाडी पनि नचढ्ने बताए।

'म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ,' उनले भने, 'मेरो आफ्नै गाडी छ। म आफैँ सक्षम छु।' 

उनले संसद्‍मा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि जिकिर गरे। 

प्रकाशित: ३ चैत्र २०८२ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App