२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा देउवाको शालिक प्रतिष्ठान गरिने

भक्तपुरको सूर्यविनायक नगरपालिका-१० देउजागाउँमा दुईजना देउजा वंशका देउवाको शालिक प्रतिष्ठान गरिने भएको छ ।  

देउजा वंश प्रतिष्ठान २०७२ को शनिबार देउजा गाउँमा भएको २८ औं जन्मदिवस तथा १६ औ साधारणसभा यस्तो जानकरी दिइएको हो । कार्यक्रममा दिएको जानकारी अनुसार उदयसिंह देउवा र भीमसेन देउवा दुईजनाको शालिक देउजागाउँमा प्रतिष्ठापन गरिने भएको हो ।

देउजाहरुको वंशावली खोज्दै जाँदा उदयसिंह देउवा नै पहिलो पुस्ता भएकाले देउवाको शालिक निर्माण गरी प्रतिष्ठान गर्न लागेको कार्यक्रममा जनाइयो ।  

कार्यक्रममा अध्यक्ष पदमबहादुर देउजाले देउजाहरुको थर पहिला देउवा थियो । त्यसकारण पहिलो पुस्ता उदयसिंहको शालिक बनाइ प्रतिष्ठापन गर्न लागेको बताए । भीमसेन देउवा तत्कालिन नेपालको रक्षाको युद्धमा बहादुरीका साथ शहीद भएको देउवा वंश भएकाले साथमा उनको पनि शालिक प्रतिष्ठान गर्न लागेको जानकारी दिइएको छ ।  

शालिक सूर्यविनायक नगरपालिका-१० देउजागाउँस्थित पर्ति जग्गामा बन्नेछ । २९ लाखको बजेटमा शालित निर्माण हुनेछ ।

 

प्रकाशित: २१ भाद्र २०८२ १९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App