कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ। कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार २ सय ५६ मत खसेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले महिला १ लाख ३० हजार ४ सय ६३, पुरुष १ लाख २१ हजार ६ सय ९० र अन्य ३ जनाले मतदान गरेको बताए।
कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्र गरी कुल ३ लाख ९६ हजार २ सय ६५ मतदाता छन्। २ सय ३६ मतदान स्थलका ४ सय ९१ मतदान केन्द्रमा मतदान भएको हो।
‘निर्वाचन शान्त, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न भएको छ,’ प्रजिअ जनार्दन गौतमले भने। उनले सबैको साझा प्रयासले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए। मत गणनाको समेत आवश्यक तयारी गरिएको उनले बताए।
प्रकाशित: २१ फाल्गुन २०८२ २०:४९ बिहीबार





