रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण ठुलो धनजनको क्षति भएको छ।
नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार घटनामा हालसम्म ६१६ जनाको शव फेला परिसकेको छ। विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार रसुवामा १३, धादिङमा ४५, गोरखामा ४८, न.प.पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र न.प.पश्चिममा ४७ जनाको शव फेला परेको छ।
यसैगरी, बाढी तथा विपदमा परेका दुई हजार ३०१ जनाको उद्धार तथा उपचार गरिएको छ। जिल्लागत रूपमा उद्धार र घाइतेको विवरण हेर्दा रसुवामा ६७६, नुवाकोटमा एक हजार ६२२ र धादिङमा तीन जना रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि चार हजार ८११ जना प्रहरी खटाइएका छन्। बाढीका कारण हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् र उनीहरूको खोजी भइरहेको छ।
यता, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार गराएर डिस्चार्ज भएका तथा हाल उपचाररत घाइतेहरूको संख्या १४० रहेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरूले उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइरहेका छन्।
प्रकाशित: १३ भाद्र २०८३ ०९:५५ शनिबार


-600x400.jpg)


