coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘गुणस्तरीयता, शुलभता, वैधानिकता र स्वच्छव बजार उपभोक्ता अधिकारको आधार’

गुणस्तरीयता, शुलभता, वैधानिकता र स्वच्छव बजारले मात्र उपभोक्ता हितको आधारभूत मार्ग तयार हुने सरोकारवालाले ठम्याएका छन्।

प्रदेश १ सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रममा उपभोक्ता हितका विभिन्न पक्षलाई औंल्याइएको छ।

कार्यक्रममा उपभोक्ता हित र अधिकारका विषयमा केन्द्रित रहेर निर्देशनालयका प्रमुख रामकृष्ण श्रेष्ठ तथा प्रादेशिक औद्योगिक कानुनका विषयमा निर्देशनालयका सूचना अधिकारी चुडामणि न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा जिल्ला उद्योग प्रवर्द्धन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले उपभोक्ताको हित र अधिकार सुनिश्चितताको लागि गुणस्तरीयता, शुलभता, वैधानिकता र स्वच्छव बजार अनिवार्य रहेकोमा जोड दिए।

लामाले उपभोक्ताको अधिकार सुनिश्चित गर्न सेवाप्रदायक जिम्मेवार र सेवाग्राही सचेत तथा सम्वेदनशिल हुनुपर्ने बताए। फुङलिङनगर उपप्रमुख भीमादेवी ओझाले उपभोक्ताको अधिकार सुनिश्चित गर्न सेवा प्रदायकले गहन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले उपभोक्ता अधिकार आधारभूत मानव अधिकार भएकोले यसको संरक्षण र सुनिश्चितताको लागि सेवा प्रदायक बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए।

अधिकारप्रति सचेत र अधिकार संरक्षणका लागि सक्रिय उपभोक्ता अहिलेको आवश्यकताको रुपमा रहेको उनले औंल्याए। अधिकारकर्मीहरुले उपभोक्ता अधिकारभन्दा ठूलो मानव अधिकार नहुने भनेका छन्।

उनीहरुका भनाइमा उपभोक्ता अधिकार नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सबै अधिकारसँग अन्तरसम्बन्धित विषय हुन्। संयुक्त राष्ट्रसंघले प्रतिनिधित्वको हकलाई उपभोक्ताको अधिकारको रुपमा भनि व्याख्या गरेको छ।

प्रकाशित: ३१ आश्विन २०७९ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App