२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उखुको रकम नपाउँदा किसानको दशैँ खल्लो

चिनी उद्योगलाई उखु बेचेपछि सरकारले उखु किसानलाई उपलब्ध गराउनु पर्ने रकम किसानको हातमा नपर्दा दशैँ खल्लो हुने भएको छ।

रौतहटका उखु किसानलाई सरकारले उपलब्ध गराउनु पर्ने अनुदानको रकम दशैँ आइपुग्न लाग्दा पनि हातमा नपरेपछि किसानहरुको दशैँ खल्लो हुने भएको हो। उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले गत वर्ष चिनी मिलले खरिद गरेको उखुको अनुदान रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले छिटो पठाउनु पर्ने माग गरेका छन्।

किसानले रकमको अभावमा चाडपर्व मान्न अप्ठ्यारो पर्ने स्थिति आउन नहुने अध्यक्ष यादवको भनाइ छ। उखु क्रसिङको सिजन फेरि आउन थालेकोले यस पटक चिनी उद्योग सञ्चालनमा आउनु भन्दा पहिले नै उखुको मूल्य निर्धारण गर्न पनि सरकारसित अध्यक्ष यादवले माग गरेका छन्।

गत वर्ष उखु क्रसिङ गरेको रौतहटको बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले ६ लाख क्वीन्टल भन्दा बढी उखुको सरकारी अनुदान रकम लिन कोष तथा लेखा नियन्त्रण कार्यालयमा उखु खरिद गरेको विवरण उपलब्ध गराइसकेको बताएका छन्। कोलेनिकामा विवरण उपलब्ध गराइसकेको भए पनि किसानको हातमा आउनुपर्ने अनुदानको रकम अझसम्म नआएको बताएका छन्।

आफूले दशैँ अगाडि किसानले पाउनु पर्ने अनुदानको रकम पाउने आश्वासन पाएको बताएका छन्। सरकारले गत वर्ष प्रति क्वीन्टल ७० रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। उता सर्लाहीमा भने किसानले पाउनु पर्ने अनुदानको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा आइसकेको र दशैँ अगाडि नै किसानले पाउने कोलेनिका सर्लाहीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७९ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App