२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नवलपुरमा थपिए ९ हजार मतदाता

जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको सङ्ख्या तीन हजार १५३ रहेको छ।

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर छ हजार ८४ जनाले नाम दर्ता गराएका छन्।

यसअघि यहाँ दुई लाख ६० हजार ४३२ मतदाता थिए। निर्वाचन कार्यालयले बुलिङटार–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ। यसअघि नवलपुरमा एक सय १३ मतदानस्थल थिए।

प्रकाशित: १६ मंसिर २०८२ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App