२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चुनावी ‘इपिसेन्टर’ झापा-५ मा मतगणना सुरु

सर्वाधिक चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मतगणना सुरु भएको छ। मतपेटिका संकलन भएसँगै बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि गणना थालिएको हो।

देशका दुई ‘हेभीवेट’ नेताहरू चुनावी मैदानमा रहेकाले यो क्षेत्रको नतिजालाई कौतूहलताका साथ हेरिएको छ। यहाँ भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ लाख ६३ हजार ३७९ मतदाता रहेको झापा–५ मा ६५ प्रतिशतभन्दा बढी मत खसेको छ। यहाँ ओली र बालेनसँगै नेपाली कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङलगायत २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App