संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ६ लाख घुससहित रंगेहात पक्राउ गरेको हो।उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रकाशित: १७ श्रावण २०७९ १३:२० मंगलबार





