२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अस्पतालको लापरवाहीले आफन्तको निधन भएको भन्दै अस्पताल घेराउ

माडी नगरपालिका—५ राधापुरका रामप्रसाद तिवारी सिजिलै हिड्न सक्ने सपना बोकेर भरतपुरको मौलाकालिका अस्पतालमा आएका थिए। तर, उनको त्यो सपना सपनामै सिमित बन्यो। उनको उपचार सफल हुन सकेन। अस्पताल आईपुगेको आधा घण्टामै मृत्यु हुन पुग्यो। खुट्टामा राखिएको स्टिल पाता झिक्न आएका उनको उपचारकै क्रममा मृत्यु भयो। अप्रेसन कक्षमा पसेको आधा घण्टामै मृत्यु भएको उनका भाई प्रजापती तिवारी जानकारी दिए।  

अस्पतलाको लापरबाहीले गर्दा बिरामीको मृत्युभएको उनले आरोप लगाए। ‘चैत ११ गते सोमेश्वर मध्यवर्ती सामुदायीक वनमा आगो निभाउन जाँदा लडेर खुट्टा भाचिँएको थियो। सोही दिन मौलाकालिका अस्पतालमा खुट्टामा रड हालेर गएको हो। डाक्टरले आज रड निकाल्न बोलाएको थियो,’ उनले भने, ‘ बैशाखी टेकेर गाडीमा चढ्नुभएको थियो। अस्पतालको अप्रेसन कक्षमै छिरेको आधा घण्टमै उहाँको मृत्यु हुन पुग्यो।’ उनलाई मंगलबार विहान ८ बजे मौलाकालिका अस्पतालको अप्रेसन कक्षमा लगेका थिए । त्यसको आधाघण्टा भरतपुर अस्पतालमा रिफर गरेको उनले बताए।  

‘दाईलाई ८ बजेनै भित्र लगेका हुन्। अप्रेसन सुरु भएको आधा घण्टापछि डाक्टरहरु मुखामुख गर्न थाल्नुभयो। कोही बाहिरबाट अक्सिजन लिएर आउनुभयो,’ हतास मुन्द्रामा तिवारीले भने, ‘उहाँहरुले नै एम्बुलेन्स खोजेर सरकारी अस्पताल लैजानुभयो।’ भरतपुर अस्पताल लगेको पाँच मिनेटमा चिकित्सकले मृत्य घोषणा गरेका थिए। ५२ वर्षीय मृतक तिवारी बघौँडा मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष हुन्। उनको खुट्टामा रड डा.श्रवणकुमार थापाले राखेका थिए । त्यसपछि बैशाखी टेकेर हिड्डुल गर्न सक्ने अवस्थामा रहेको उनका भाई तिवारीले बताए। बिरामीको रिपोर्ट अस्पतालले दिएको छैन।  

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल आउँदा सिरियस अवस्थामा आएको बताए । ‘हामीकहाँ ९ बजेतिर आउनुभएको थियो। इमेरजेन्सिमा इसिजि गरेर आइसियूमै लैजादै गर्दा उहाँको मृत्यु भैसकेको थियाे—उनले भने।  

खुट्टाको रड निकाल्दा साधारण अप्रेसन गरिन्छ। ‘उहाँहरुको रड निकालेर ब्याण्डेज गर्दा सिजर भएको देखेर हामी कहाँ ल्याउनुभएको रहेछ । सिजर भएपछि बाच्ने सम्भावना कम हुन्छ,’— उनले भने । एक्सरे गर्दा मुटुको मुल नलिमा रगत जमेको देखिएको बताए। अप्रेसन गर्दा १००० जना एक जनालाई हुन सक्ने उनको भनाई छ। ‘पल्मोनरी इम्बोलिजम हुँदा बचान कठिन हुन्छ,’उनले भने ‘यस्तो अवस्था मिस्टेक्ली पनि हुन सक्छ। तर, यो केशमा मिसयाप भएको हुन सक्छ।’ उनले केशको अनुसन्धान गर्नुपर्ने बताए।  

मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले भने अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरेका छन्। ‘खट्टाको रड निकाल्ने क्रममा हटट्याक भएछ । जनतालाई लापरबाही गर्यो भन्ने भान भयो’उनले भने, ‘कहिले काही यस्तो हुन्छ।’ बिरामीलाई भरतपुर अस्पताल लैजाने समयमा समेत अस्पतालले आफ्न्तलाई थाहा दिएको थिएन। चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल समेत घेराऊ गरेका छन्। त्यहाँ मौलाकालिका चिकित्सक आफैले भरतपुर अस्पतालमा उपचारका लागि लगेका थिए। बिरामीका आफ्न्तलाई समेत थाहा नदिई लैजाँदा उनीहरुमा आक्रोस बढेको छ।

प्रकाशित: २७ वैशाख २०७९ १६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App