७ वैशाख २०८१ शुक्रबार
समाज

को हुनेछ नागरिक नायक?

सामान्य नागरिकबाटै बन्छन् एक प्रेरक नायक भन्ने विचारका साथ हामीले हरेक वर्ष विभिन्न क्षेत्र, स्थान र विधाबाट यस्ता नागरिक वा संस्थाको खोजी थालेका छौँ, जसले समाजको हितमा दूरदर्शिता देखाएको होस् र देश तथा जनताका लागि आशा र मार्गनिर्देशन गरेको होस्।

प्रतीक्षा गर्नुहोस्। नेपाल रिपब्लिक मिडियाको १४ औं वार्षिकोत्सवका अवसरमा नागरिक नायक २०७९ घोषणा गरिनेछ। वैशाख ११ गते, साँझ ५ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण।

नेपाल रिपब्लिक मिडियाद्वारा समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्ने कुनै पनि व्यक्ति वा संस्थालाई गरिने सम्मान, तिनको काम र तिनले खेलिरहेको भूमिकालाई उजागर गर्ने र तिनको प्रचारप्रसार गर्दै तिनलाई थप उत्प्रेरित गराउने उद्देश्यका साथ चालिएको अभियान नै नागरिक नायक हो।

यो सम्मान हरेक वर्ष नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, शुक्रवार साप्ताहिक तथा नागरिक परिवार मासिक म्यागेजिनको प्रकाशक नेपाल रिपब्लिक मिडियाको वार्षिक स्थापना दिवसको अवसरमा देशका प्रभावशाली राजनीतिक, व्यावसायिक, सामाजिक कार्यकर्ता, कूटनीतिज्ञ र विकास तथा अन्य क्षेत्रका उपलब्ध प्रतिष्ठित व्यक्तिहरूको भव्य उपस्थिति र भव्य समारोहबीचमा उच्च सम्मानसाथ प्रदान गरिन्छ।

नागरिक नायकका कार्य प्रेरणादायक हुनुपर्छ र सो कार्यले देशको नागरिकको सामाजिक र आर्थिक उन्नतिका लागि प्रभावशाली भूमिका खेलेको हुनुपर्छ। समाजमा अभिनव र आधारभूत परिवर्तन ल्याउन सक्ने, बैचारिकरुपमा अब्बल र आफ्नो विचारले समाजलाई डोर्‍याउन सक्ने, सामाजिक कार्यमा उद्यमी तथा सामुदायसँग नजिक रहेर कार्य गरेको व्यक्ति वा संस्था नै यस सम्मानको हकदार हुन्छन्।

यस सम्मानपछि मिडियामार्फत् उजागर गरिने उनका कार्यलाई नायकको यात्रा कथा र अनुभव संसारले सुन्नेछ। देश र विदेशबाट कयौं सहयोगी हातहरु उनको अभियानका लागि उठ्नेछन्। यसबाट नागरिक नायक वा संस्थाको कार्यको उचित सराहना हुन पुगी आफ्नो कार्यलाई निरन्तरता दिन र अन्यलाई सिको गर्न थप हौसला र उत्प्रेरणा मिल्ने छ भन्ने हाम्रो विश्वास छ। यही उत्प्रेरणा र निरन्तरताबाट नै आगामी दिनहरुमा नयाँ नयाँ क्षेत्रबाट महान् नवीन नायकको उत्पत्ति हुनेछ र अन्ततः एक साधारण नागरिकबाट नै सम्मान योग्य नागरिक नायकको जन्म हुनेछ।

प्रकाशित: २७ चैत्र २०७८ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App